काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको उपत्यका प्रदेश कमिटीको आयोजनामा दुई दिने भ्याली स्पोर्ट्स कप सुरु भएको छ । स्पोर्टस कप अन्तर्गत फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता धन्यान्तरी स्पोर्ट्स हबमा शुरु भएको हो ।
शनिबार उपत्यका प्रदेश कमिटीका प्रमुख सिए टीका कार्कीको अध्यक्षतामा सुरु भएको स्पोर्टस कपमा प्रमुख अतिथिको रूपमा संघका पूर्व अध्यक्ष भरत रिजाल रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले प्रादेशिक संरचनामा गएपछि प्रदेश स्तरबाट आयोजना हुने कार्यक्रमहरुले संघको भूमिकालाई सशक्त बनाउनुका साथै सदस्यहरुबीच आत्मित्या बढाउने बताएका थिए ।
त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेका संघका निवर्तमान अध्यक्ष आनन्द शर्मा, संघका उपाध्यक्ष सुशील घिमिरे, रजिष्टर्ड अडिटर्स एसोसिएनका महासचिव प्रेम श्रेष्ठ, प्रदेश प्रमुख टीका कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा कर्याक्रममा उपस्थित अथितिहरुले गोल पोष्टमा बल हानेर गरेका थिए ।
शनिबार नेपाल इन्जिनिरिङ्ग एसोसिएनका अध्यक्षको नेतृत्वमा रहेको फुटसल टीम तथा संघको टीमबीच मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो भने प्रतियोगिता अन्तर्गतका फुटसलतर्फ १३ खेल तथा ब्याडमिन्टन तर्फ ३ खेल सम्पन्न भएको छ । शनिबारको कार्यक्रम करिव ५०० सिएहरुले अवलोकन गरेको आयोजकले जनाएको छ ।
त्यस्तै, फागुन ५ गते समसामयिक बैंकिङ विषयमा उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्य तथा वक्ताको रूपमा नेपाल राष्ट्र बैंकका निर्देशक किरण पण्डित, अर्थविद् डा. विश्वास गौचन, बैंकर अनलराज भट्टराई तथा सिए अरुण रावत रहेका थिए । उक्त कार्यक्रममा चालू पुँजी निर्देशिका तथा समग्र बैंकिङ तथा अर्थव्यवस्थाको बारेमा छलफल भएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्