×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

‘भ्रष्टाचार शुन्य नगर’ अभियानमा मेयर शाहको ‘एक्सन’: ४० कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी

BIZBAZAR

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने भएका छन् । महानगरपालिकामा अनियमितता र भ्रष्टाचारको गुनासो आउने क्रम नरोकिएपछि मेयर शाहले केही कर्मचारीको सम्पत्ति छानबिन गर्ने भएका हुन् ।

मेयर शाह निकट स्रोतका अनुसार उनले महानगरपालिकामा कार्यरत ४० जना कर्मचारीको सम्पत्ति छानबिन गर्न लागेका हुन् । ‘उहाँले पहिले नै सेवाग्राहीको काम चुस्त र दुरुस्त रुपमा सम्पादन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिईसक्नुभएको थियो, कहिलकाहीँ फ्याटफुट गुनासो आई नै रहन्थ्यो’, स्रोतले भन्यो, ‘अहिले दिनहुँजसो विभिन्न बाहनामा कर्मचारीले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र दुःख दिने क्रम बढेसँगै छानबिन गर्ने तयारी गरिएको हो ।’

स्रोतका अनुसार मेयर शाहले छानबिनका लागि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेका छन् । हाल महानगरपालिकामा महाशाखा प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख, वडा सचिव र नगरप्रहरी गरी कुल २१ सय कर्मचारी छन् ।

निर्वाचित भएसँगै काठमाडौं महानगरपालिकालाई भ्रष्टाचाररहित बनाउने अभियानमा अग्रसर रहेको मेयर शाहले अघिल्लो सातादेखि वडा नम्बर ५ मा डिजिटल विधिबाट राजस्व तिर्ने कामको थलानी गर्दै सेवा विस्तार गरिरहेका छन् । छानबिनको सुचीमा परेका कर्मचारीहरुको सम्पत्ति र बैंकिङ ट्रान्जेक्सन हेरेपछि थप कार्वाहीका लागि अख्तियार र सतर्कता केन्द्रलाई सूचना पठाउने मेयरको सचिवालयले जनाएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal