×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा म्याद गुज्रिएको ‘बाह्रसिङ्गे’ बियर छ्याप्छ्याप्ती, काठमाडौंमा एउटै डिलरबाट २ हजार बढी कार्टुन बरामद

PRIME CA
GLOBAL IME BANK

बजारमा म्याद गुज्रिएको ‘बाह्रसिङ्गे’ बियर छ्याप्छ्याप्ती, काठमाडौंमा एउटै डिलरबाट २ हजार बढी कार्टुन बरामद

३ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । याक ब्रुअरी कम्पनीले म्याद गुज्रिएको बियर बेच्ने गरेको पाइएको छ । काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा गोदाममा बिक्रीका लागि भण्डारण गरेर राखेको बाह्रसिङ्गे ब्राण्डका करिब २ हजार १ सय कार्टुन बियर म्याद गुज्रिएको पाइएको हो ।

बजार अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका बियरका ती कार्टुन बरामद गरेको हो । बियर बरामद गरेसँगै आवश्यक कार्वाहीका लागि अनुगमन टोलीले कम्पनीको गोदाम सिल गरेको छ ।

बरामद गरिएका ६ सय ५० मिलि लिटर र ३ सय ३० मिलि लिटरका बोत्तलमा रहेको बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने विभागले जनाएको छ । ‘भोजभतेर तथा रात्रिकालीन रेष्टुरेन्ट व्यवसायमा म्याद गुज्रिएका पेय पदार्थको कारोबार हुने सूचनाका आधारमा कारोबारस्थल र डिलरहरुमा छापा मार्दा यस्तो भेटिएको हो’, विभागका एक अधिकारीले भने, ‘कार्वाहीको लागि प्रक्रिया अघि बढिसकेको छ ।’

त्यस्तै विभागले बरामद भएको म्याद गुज्रिएको बियरको विषयमा जानकारी दिन एक विज्ञप्ती जारी गर्दै विभिन्न कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्री वितरण तथा उपभोग तर्फ विशेष चनाखो रहन र त्यसरी बिक्री वितरण गरिएको थाहा भए जानकारी गराउन अनुरोध गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: