×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश सम्बन्धी सूचना ढिलो दिएको भन्दै नेप्सेले विजय लघुवित्तको सेयर कारोबार रोक्का गर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लाभांश सम्बन्धी सूचना ढिलो दिएको भन्दै नेप्सेले विजय लघुवित्तको सेयर कारोबार रोक्का गर्यो

Artha Sarokar

२६ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । लाभांश घोषणा सम्बन्धी सूचना समयमा नदिएको भन्दै नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।

लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । तर, लाभांश प्रस्तावको सो सूचना ढिला गरी नेप्सेमा पठाएको भन्दै कम्पनीको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

कम्पनीले लाभांश सम्बन्धी सो सूचना माग २६ गते मात्रै नेप्सेमा पठाएको छ । दोस्रो बजारमा प्रभाव पार्ने लाभांश प्रस्ताव सम्बन्धी सूचना समयमा नबुझाएको भन्दै कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार समेत रोक्का गरिएको छ ।

नेप्से विजय लघुवित्तलाई कारोबार रोक्का गरेको तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी