×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लघुवित्तको चर्को ब्याजका कारण आत्महत्या गर्ने बढे, लघुवित्तको व्यथितिविरुद्ध सरकार गम्भीर बनोस्’- चन्द्र भण्डारी

PRIME CA

‘लघुवित्तको चर्को ब्याजका कारण आत्महत्या गर्ने बढे, लघुवित्तको व्यथितिविरुद्ध सरकार गम्भीर बनोस्’- चन्द्र भण्डारी

२९ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले लघुवित्तको ज्यादतीका कारण आत्महत्या गर्ने बढेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले लघुवित्तको चर्को ब्याजदर र दबाबका कारण आत्महत्या गर्नेहरु बढेको बताएका हुन् ।

‘लघुवित्तको चर्को ब्याजका कारण ४० जनाले आत्महत्या गरेका छन् । त्यसमा पनि महिला धेरै छन्’, उनले भने, ‘नेपालमा यति धेरै महिलाहरुले आत्महत्या गर्दा पनि यसबारे हामी मौन छौँ । सरकारले अनुसन्धान गर्नुपर्यो ।’

संसदमा बोल्दै सांसद भण्डारीले लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको व्यथिति हल गर्न समेत सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: