×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारीका बचतकर्ता आत्तिहाल्नु पर्दैन, समाधान छिट्टै निस्किन्छ’- डा. दामोदर रेग्मी

PRIME CA

‘सहकारीका बचतकर्ता आत्तिहाल्नु पर्दैन, समाधान छिट्टै निस्किन्छ’- डा. दामोदर रेग्मी

१४ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न पहल सुरु भईसकेको दाबी गरेका छन् । आर्थिक मिडिया संचालक संघ नेपाल (इमान)ले आयोजना गरेको ‘सहकारीमा संकटः कारण र समाधान विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन् ।

‘सहकारी क्षेत्रमा समस्या देखिएको कुरा सत्य हो । तर, बाहिर जुन रुपमा यसको अफवाह फैलिएको छ अवस्था त्यस्तो भने छैन ।’, मन्त्रालययका सचिव रेग्मीले भने, ‘केही सहकारीहरु संकटग्रस्त अवस्थामा पुगेका छन् तर सबैलाई एउटै नजरले हेर्दा अन्याय हुन्छ ।’

त्यस्तै, उनले समस्याग्रस्त अवस्थामा रहेका सहकारीको अनुगमन र अध्ययनको कार्य सुरु भईसकेको समेत दाबी गरेका छन् । ‘जुन–जुन सहकारी संकटग्रस्त र समस्यामूलक अवस्थामा छन् तिनिहरुको अध्ययनको कार्य सुरु भईसकेको छ । समाधानको उपाय पनि छिट्टै निस्किन्छ ।’, उनले भने, ‘अहिले नै सहकारीका बचतकर्ताहरु आत्तिनुपर्ने अवस्था छैन । एकदमै ठूला भनिएका सहकारीहरु पनि चलिरहेकै छन् । केही सहकारीमा मात्रै समस्या देखिएको हो, त्यसको समाधानका लागि पनि पहल सुरु भईसकेको छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: