काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकाहरुलाई समस्या समाधानका पाँच उपाय दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले समस्या समाधानका उपाय सुझाएका हुन् ।
बैठकको शुन्य समयमा बोल्दै थापाले अति न्युन आय भएका गरिबलाई गरिबीको आहलबाट निकाल्नको लागि काम होला भन्नुको सट्टा लघुवित्त संस्थाका कारणले उल्टै गरिबहरु थला पर्न बाध्य भएको बताए ।
अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लागि जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदै गर्दा हात फैलाउने तर परीवेक्षण गर्दै गर्दा मुठ्ठी कस्ने राष्ट्रबैंकका कारण लघुवित्तमा समस्या आएको थापाले बताएका छन् । यसैबीच थापाले बुँदागत रुपमा हाल लघुवित्त क्षेत्रमा देखिएको समस्यमा समाधानका उपायहरु प्रस्तुत गर्दै राष्ट्र बैंकको ध्यानाकर्षण समेत गराएका छन ।
यस्ता छन् लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानमा थापाको सुझावः
१. साँच्चिकै मर्कामा परेकाहरुको राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस चाहे क्लाइन्ट प्रोडक्सन फण्ड होस् त्यो बैंक र वित्तीय संस्थाहरुसँग छ त्यो फण्डको प्रयोग गर्ने,
२. बदनीयतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने,
३. एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने,
४. सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने,
५. वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा तल्लो तहसम्म लिएर जाने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्