×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्तलाई कस्ने नीति ल्याउने राष्ट्र बैंकको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लघुवित्तलाई कस्ने नीति ल्याउने राष्ट्र बैंकको तयारी

Artha Sarokar

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कडा रुपमा नियमन गर्नेगरी नीति ल्याउने तयारी गरेको छ । लघुवित्त वित्तीय संस्थामा देखिएको समस्यालाई ध्यानमा राख्दै राष्ट्र बैंकले लघुवित्त कस्ने नीति ल्याउने तयारी थालेको हो ।

लघुवित्त सञ्चालनको लागि राष्ट्र बैंकले छुट्टै नीति तयार गरेको भए पनि पछिल्लो समय लघुवित्त ट्रयाक भन्दा बाहिर गएको नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवातीप्रसाद नेपालले बताएका छन् । ‘लघुवित्त संस्था सञ्चालन र कार्यसम्पादनका बारेमा छुट्टै गाइडलाईन बनेको छ’, उनले भने, ‘तर, कसैले त्यसको पालना गरेको पाइएन । त्यसैले अब छिट्टै लघुवित्त संस्थालाई कडाई गर्ने निर्देशन जारी हुन्छ ।’

नेपालका अनुसार एउटै व्यक्तिले दुई वा सो भन्दा धेरै लघुवित्तबाट ऋण लिएकै कारणले लघुवित्तको सिस्टममा समस्या देखिएको हो । तर, सो प्रवृत्तिको अन्त्य गर्न राष्ट्र बैंकले धेरै लघुवित्तबाट ऋण लिन नपाउने गरी व्यवस्था गर्न लागेको समेत नेपालले बताएका छन् ।

त्यस्तै, सेवा शुल्कका नाममा पनि लघुवित्तले एक वर्षमा १.५ प्रतिशतभन्दा धेरै शुल्क लिन नपाउने र १५ प्रतिशतभन्दा बढीको ऋणको ब्याज लिए राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेसमेत नेपालले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी