काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई अन्य बैंक तथा वित्तीय संस्थाका ऋणीमाथि कर्जा लगानी नगर्न निर्देशन दिएको छ । बुधबार राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि एकीकृत निर्देशन, २०७८ को संशोधन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
एउटै लघुवित्तबाट एकभन्दा बढी ग्राहकले ऋण लिँदा लघुवित्तको सिस्टम बिग्रिएको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले अब नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एक मात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको हो ।
योसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुलाई पनि लघुवित्तले कर्जा दिन नपाउने व्यवस्था गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताएका छन् ।
‘एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्नेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।’– निर्देशिकामा उल्लेख गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्