×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संस्थागत मुद्धती निक्षेपमा राष्ट्र बैंकको कडाई, ६ महिनाभन्दा कम अवधिको निक्षेप लिन नपाइने, प्रिम्याचुअरमा प्रतिबन्ध

PRIME CA

संस्थागत मुद्धती निक्षेपमा राष्ट्र बैंकको कडाई, ६ महिनाभन्दा कम अवधिको निक्षेप लिन नपाइने, प्रिम्याचुअरमा प्रतिबन्ध

२७ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनाभन्दा कम समयावधिको संस्थागत मुद्धती निक्षेप स्वीकार गर्न नपाउने भएका छन् ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७८ को संशोधन अनुसार ईजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले तीन महिना भन्दा कम अवधिको व्यक्तिगत मुद्धती तथा ६ महिनाभन्दा कम समयावधिको संस्थागत मुद्धती निक्षेप स्वीकार गर्न नपाउने भएका हुन् ।

योसँगै मुद्धती निक्षेपको समयावधि समाप्त नहुँदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको बेला जहिले पनि रकम झिक्न मिल्ने गरी मुद्धती निक्षेप स्वीकार गर्न मिल्ने छैन ।

त्यस्तै, एकीकृत निर्देशनमार्फत संस्थागत मुद्धती निक्षेपको हकमा ६ महिना व्यतित हुनु अघि कुनै पनि रकम भुक्तानी वा फिर्ता गर्न नपाउने व्यवस्था गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: