काठमाडौं । मेरो माइक्रोफाइनान्सबाट पीडित बनेका नवीन शाहले लघुवित्तमा ऋणीलाई टर्चर दिन सीईओले नै आदेश दिने गरेको आरोप लगाएका छन् । अर्थ सरोकार डटकमको कार्यक्रम ‘बिज एण्ड ब्रेन’मा आफ्ना पीडा पोख्दै शाहले यस्तो बताएका हुन् ।
शाहका अनुसार किस्ता नतिर्ने ऋणीलाई हदैसम्मको टर्चर दिन लघुवित्तका कर्मचारीलाई सीईआले नै आदेश दिने गर्छन् । ‘कर्मचारी आफैले ऋणीलाई टर्चर दिँदैनन्, टर्चर दिन सीईओले नै आदेश दिएका हुन्छन् ।’, शाहले भने, ‘जसरी हुन्छ, जे गरेर हुन्छ किस्ता उठाउ भनेर निर्देशन दिएपछि कर्मचारीले के गर्ने ? दबाब दिनुपरेन ? यसरी लघुवित्तका कर्मचारीले सीईओकै आदेशमा ऋणीलाई टर्चर दिने हुन् ।’
त्यस्तै, शाहले आफू लघुवित्तको कर्मचारी भए पनि ऋणीमाथि लघुवित्तले गर्ने ज्यादति थामिनसक्नुको हुने बताएका छन् । ‘अहिले ऋणीहरु सडकमा त्यत्तिकै उत्रिएका हैनन् । लघुवित्तको हर्कत नै त्यस्तै हुन्छ अनि के गर्छन् ?’ शाहले भने, ‘तलका कर्मचारीले गर्ने सब माथिल्लो कर्मचारीको निर्देशनमा हो, कुरो बिग्रिएपछि फेरी दोष तलकै कर्मचारीलाई लगाउँछन् सीईओहरु ।’
यसो त ऋणीलाई मात्र होइन लघुवित्तले आफ्ना कर्मचारीलाई गर्ने व्यवहार पनि तुच्छ हुनेगरेको शाहको आरोप छ । ‘बिदा माग्दा मानसिक सन्तुलन गुमाएको भनेर मेराविरुद्ध प्रहरीमा पत्र काटेको घटना त सामान्य हो । कर्मचारीलाई लघुवित्तका सीईओले दिने टर्चर त कति छन् कति’, उनले भने, ‘यतिसम्म कि लघुवित्तमा कार्म गर्ने महिला गर्भवति भइन् भने उनलाई कामबाटै निकालिन्छ ।’
शाहसँग गरिएको कुराकानीको बाँकी अंश भिडियोमाः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्