×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रातारात धनी बन्न खोज्दा सहकारीमा समस्या देखियो, अधिकार पाए नियमन गर्न राष्ट्र बैंकलाई समस्या छैन’- शिवाकोटी

PRIME CA

‘रातारात धनी बन्न खोज्दा सहकारीमा समस्या देखियो, अधिकार पाए नियमन गर्न राष्ट्र बैंकलाई समस्या छैन’- शिवाकोटी

१४ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक छलफल गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले आयोजा गरेको ‘सहकारीमा संकटः कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै शिवाकोटीले सहकारी नियमनको जिम्मेवारी राष्ट्र बैंकलाई नभएको बताएका छन् । ‘हामीलाई सहकारी संस्थाको नियमन गर्ने जिम्मा छैन, राष्ट्र बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाको नियमन र निरिक्षण गर्छ ।’ उनले भने, ‘सहकारीको नियमन गर्ने सम्पूर्ण जिम्मा राष्ट्र बैंकलाई दिनुपर्यो अर्को संस्था खोलेर भए पनि सहकारीलाई अनुगमन र नियमन गर्छौं ।’

त्यस्तै, उनले ५० करोडमाथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकले गर्ने ऐनप्रति आपत्ति जनाएका छन् । ‘५० करोड माथिको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने ऐन त बनाइयो तर नियमन भनेको के हो ? हेर्ने मात्रै हो कि कार्वाही पनि गर्न पाउने हो ?’ उनले भने, ‘अनुसन्धान, अध्ययन र प्रतिवेदन बुझाउनका लागि मात्रै राष्ट्र बैंकले जिम्मेवारी लिँदैन । तर, ऐन संशोधन गरेर कार्वाही गर्ने जिम्मेवारी दिने हो भने सहकारीको नियमन गर्न कुनै समस्या छैन ।’

कार्यक्रममा बोल्दै पछिल्लो समय सहकारीहरु धेरै पैसा कमाउने होडबाजीमा लाग्दा समस्या देखिएको बताएका छन् । ‘सहकारीहरु रातारात पैसा कमाउने धन्दामा लागे । कसरी हुन्छ धेरै पैसा कमाउने नाममा दीर्घकालीन समस्यालाई ध्यानमा नराखी घरजग्गामा मनपरी लगानी गर्दा यो स्थिति आएको हो ।’, उनले भने, ‘अझै पनि धेरै केही बिग्रिएको छैन । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छलफल र आवश्यक कदम चाल्न राष्ट्र बैंक तयार छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: