काठमाडौं । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले लघुवित्तविरुद्ध देशभर आन्दोलन चर्किनु बिडम्बनाको विषय भएको बताएका छन् । गरिब तथा निम्न वर्गको उत्थानका लागि भन्दै खोलिएका लघुवित्तविरुद्ध नै आन्दोलन चर्किंदा लघुवित्त क्षेत्र समस्यामा परेको बताउँदै शर्माले यसले वित्तीय क्षेत्रमा राम्रो संकेत नगर्ने बताएका हुन् ।
अर्थ सरोकार डटकमको कार्यक्रम ‘बिज एण्ड ब्रेन’मा आफ्ना कुरा राख्दै शर्माले पछिल्लो समय ऋण नतिर्ने फेसन नै भएको बताएका छन् । शर्माका अनुसार केही लघुवित्त संस्थाको बद्नियत र बदमासीका कारण पछिल्लो समय समग्र लघुवित्त क्षेत्र नै बदनाम बनेको छ ।
त्यस्तै, लघुवित्तबाट लिएको कर्जा तिर्दैनौँ भन्नेहरुको संख्या बढीरहँदा साच्चै कर्जा तिरेको खण्डमा के हुन्छ ? भन्ने प्रश्नमा उनले यो बारेमा आफुसँग कुनै जवाफ नै नभएको बताए । ‘लघुवित्तको कर्जा तिरेनन् भने के हुन्छ ? भन्ने कुराको मसँग जवाफ नै छैन ।’ उनले भने, ‘अस्पतालमा गएर उपचार गरेपछि उपचारमा लागेको खर्च तिर्दिन भन्यो भने के हुन्छ ? अरुले वस्तु बेच्छन्, हामीले पैसा र सेवा बेच्ने हो । लघुवित्तबाट लिइएको कर्जा कुनै पनि हालतमा असुल हुनुपर्छ, होइन भने वित्तीय क्षेत्र नै विस्थापित हुन्छ ।’
आफुले लिएको ऋण जुनसुकै अवस्थामा तिर्नुपर्ने आशय प्रस्तुत गर्दै शर्माले समग्र नेपालको बैंकिङ क्षेत्र जोगाउनका लागि लघुवित्तको अस्तित्व बचाउनुपर्ने बताएका छन् ।
शर्मासँग गरिएको कुराकानीको बाँकी अंश भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्