×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारी खत्तम भए भन्ने हल्लाको पछि नलाग्नू, सहकारीमा देखिएको समस्या सुल्झाउन सरकार सकारात्मक छ’- मन्त्री राई

PRIME CA
GLOBAL IME BANK

‘सहकारी खत्तम भए भन्ने हल्लाको पछि नलाग्नू, सहकारीमा देखिएको समस्या सुल्झाउन सरकार सकारात्मक छ’- मन्त्री राई

१४ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् ।

आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले आयोजना गरेको ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

‘गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नुपर्छ ।’, मन्त्री राईले भने, ‘सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा गर्नुपर्ने पहलमा हुनै कमी हुन दिन्न । समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम म बाट कदापी हुँदैन ।’

त्यस्तै, मन्त्री राईले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार सकारात्मक रहेको समेत दाबी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: