×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्तको नाफामा आकर्षक बढोत्तरी, ईपीएस पनि ६ रुपैयाँले बढ्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

आरएमडीसी लघुवित्तको नाफामा आकर्षक बढोत्तरी, ईपीएस पनि ६ रुपैयाँले बढ्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

काठमाडौं । आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा लघुवित्तको नाफा २२.५८ प्रतिशतले बढेर २० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि २०.४६ प्रतिशतले बढेर ३३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । योसँगै गतवर्ष २३ करोड ४९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २९ करोड ५२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समिक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६ रुपैयाँ १४ पैसाले बढेर ३३ रुपैयाँ २९ पैसा पुगेको छ । यो अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ०४ पैसा छ भने वितरणयोग्य मुनाफा ११ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: