×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुस-युक्रेन युद्धको एक वर्षः आर्थिक मन्दी चुलियो, भौतिक संरचना तहसनहस हुँदा जनजीवन प्रभावित (फोटो-कथा)

PRIME CA

रुस-युक्रेन युद्धको एक वर्षः आर्थिक मन्दी चुलियो, भौतिक संरचना तहसनहस हुँदा जनजीवन प्रभावित (फोटो-कथा)

८ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विश्व अर्थतन्त्रलाई शिथिल बनाएको रुस-युक्रेनबीचको युद्धको एक वर्ष बढी भयो तर युद्ध चलिरहेकै छ । अझ पछिल्ला केही दिन यता रुसले युक्रेनमाथि हवाई हमला झनै बढाएको छ ।

लगातारको युद्धकै कारण युक्रेनले क्षतिको ठूलो भार सहनुपरेको छ भने रुसले पनि संकटको सामना गरिनै रहेको छ । जनजीवन प्रभावित बनेको छ, आर्थिक मन्दी व्यापक छ, भौतिक संरचना तहसनहस भएका छन् भने ठूलो संख्यामा मानवीय क्षतिसमेत भएको छ । तर पनि युद्ध विरामको कुनै संकेत देखिँदैन ।

यसो त केही दिनअघिमात्रै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा आफ्ना सहयोगीहरुलाई थप हतियार उपलब्ध गराउने अनुरोध गरेका थिए । उता रुस भने पूर्ण तयारीका साथ युद्धको सामाना गर्न जुटिरहेको छ । विश्व अर्थतन्त्रलाई नै गम्भीर संकटमा पुर्याएको यी दुई देशबीचको युद्ध बिराम कहिले हुने हो ? यो प्रश्न भने यतिबेला सबैको चिन्ताको विषय बनेको छ ।

यसैबीच हामीले विभिन्न एजेन्सीको सहयोगमा रुस-युक्रेन युद्धको प्रभाव र अवस्थालाई तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: