×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुर महानगरपालिकाले हराएका १० सहकारी खारेज गर्यो

PRIME CA

ललितपुर महानगरपालिकाले हराएका १० सहकारी खारेज गर्यो

१४ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्था खारेज गरेको छ । महानगरपालिकाले सहकारी ऐन, २०७५ अनुसार विगत पाँच वर्षभन्दा बढी अवधिदेखि लेखा परिक्षण तथा साधारणसभा नगर्ने र विवरण नबुझाउने १० सहकारी संस्थाको इजाजत खारेज गरेको हो ।

२०७९ असार १५ मा एक सूचना जारी गर्दै सम्पर्कमा आउन आग्रह गरे पनि सहकारीबाट कोही पनि महानगरको सम्पर्कमा नआएपछि ती सहकारी संस्थाको इजाजत खारेज गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु वा बुझाउनुपर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाणसहित सहकारीका सञ्चालक समितिका पदाधिकारीसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले आग्रह गरेको छ । ‘अब उप्रान्त उक्त संस्थाहरुको नामबाट कुनै पनि कारोबार नगर्न÷नगराउनु हुनसमेत जानकारी गराइन्छ ।’- महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: