×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तद्वारा २१.०५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

PRIME CA

सामुदायिक लघुवित्तद्वारा २१.०५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको मंगलबार बसेको संचालक समितिको बैठकले २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यसर्थ, कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएको हो ।

यस्तै, १ करोड ४५ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश बाँड्नेछ । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: