काठमाडौँ । कांग्रेसलाई राष्ट्रपति दिनेगरी पुरानै गठबन्धन ब्युँताउन देउवा र प्रचण्डबीच सहमति भएको छ । यसमा एकिकृत समाजवादी पनि सहमत भएको छ । यस विषयमा माओवादीले केहि दिनमा औपचारिक निर्णय गर्ने भएको छ भने सँगसँगै एकिकृत समाजवादीले पनि यस विषयमा आगामी बैठकमा निर्णय गर्ने भएको छ ।
‘कांग्रेसले राष्ट्रपति पाउने भयो । पूरानै गठबन्धन कायम हुने भयो । उपप्रधानसहित शक्तिशाली मन्त्रालय लिएर काँग्रेस सरकारमा जान्छ । सोहि अनुसार थप भागबण्डा हुन्छ’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक कांग्रेस नेताले भने, ‘भोलिसम्म सबै विषयमा प्याकेजमै सहमति हुन्छ ।’
पूरानै गठबन्धन ब्युताउने कुरामा विभिन्न नेताहरुले चरणबद्ध छलफल गरेका थिए ।
‘भनेपछि अर्थमन्त्री परिवर्तन हुन्छन् ?’ हाम्रो प्रश्नमा हाँस्दै ती नेताले भने, ‘सरकारमा कांग्रेस गईसकेपछि एमाले सरकारमा बस्ने कुरै भएन नि । कांग्रेसले गृह लिने कुरा छ । यसो हुँदा माओवादीबाट अर्थमन्त्री हुने सम्भावना हुनसक्छ । गृह माओवादीले नै लिने अडान लिने पनि देखिएको छ । यस्तो हुँदा अर्थमन्त्री कांग्रेसले लिन्छ ।’
‘अनि रास्वपा सरकारमा जान्छ कि जाँदैन ?’ हाम्रो प्रश्नमा ती नेताले भने, ‘यस विषयमा हामीलाई थाहा भएन ।’
यता राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले भने आफुले पनि पूरानो गठबन्धनबारे सुनेको भए पनि यकिन नभएको दाबी गरेका छन् । ‘हामीले पनि गाईगुई सुनेका हौँ । रास्वपामा यस विषयमा औपचारिक छलफल भएको छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्