×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिव शिखर सहकारीका संचालक भन्छन्-‘ढुक्क हुनुहोस्, संस्था डुब्दैन’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

शिव शिखर सहकारीका संचालक भन्छन्-‘ढुक्क हुनुहोस्, संस्था डुब्दैन’

काठमाडौं । देशभर विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ को वुटवल शाखाले निक्षेप भुक्तानी गर्न नसकेको भन्दै विभिन्न माध्यमबाट गुनासो आउन थालेपछि संस्थाले त्यस विषयमा स्पष्ट पारेको छ ।

एक विज्ञप्ति जारी गर्दै सहकारीको सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रबन्धक हेमराज जोशीले बाहिर चलेको हल्लाजस्तो संस्थाको अवस्था नरहेको दाबी गरेका छन् । संस्थाको साधारणसभा गर्ने तयारी भईरहेको र संस्थाको वार्षिक साधारणसभाको आर्थिक प्रतिवेदन चाँडै नै सदस्यहरुको हातमा पुग्ने भएकाले भ्रमको पछाडि नलाग्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

‘शिव शिखर वहुउदेश्यीय सहकारी संस्थाप्रति विभिन्न सामाजिक संजालमा आएका समाचारप्रति हामी दुःख प्रकट गर्न चाहान्छौ । प्रधान कार्यालयवबाट प्रेस विज्ञप्ति प्रकाशित गरी हाम्रा सदस्यहरुलाई धेरै जसो कुरामा स्पष्ट पार्ने प्रयास हामीले गरेका छौं ।’ विज्ञप्तिमा भनिएको छ-‘वहुउदेश्यीय प्रकृतिमा सहकारी विभागमा दर्ता भई देशका विभिन्न जिल्ला र क्षेत्रमा सदस्य सेवा केन्द्रको स्विकृतको अनुमति लिएर भक्तपुरमा प्रधान कार्यालय रहेको यस शिव शिखर वहुउद्देश्यीय सहकारी संस्थाको मातहतमा नेपालभरीमा ३७ वटा सदस्य सेवाकेन्द्रहरु संचालनमा रहेका छन् ।’

सहकारीको माध्यमबाट देशको सामाजिक आर्थिक विकासमा योगदान गर्ने उद्देश्यले आफुहरु लागि रहेकोले अफवाहको पछाडी नलाग्न आग्रह गरेको छ । ‘सहकारीको माध्यमबाट देशको सामाजिक आर्थिक विकास गर्ने मुख्य उद्देश्यका साथमा स्थापना कालदेखी नै हामी लागि राखेका छौ’ विज्ञप्तिमा भनिएको छ-‘सुदूरपश्चिम प्रदेशमा हाल सात वटा सदस्य सेवा केन्द्रहरु संचालनमा रहेको कुरा सर्वविदितै छ । संस्थाप्रति सामाजिक संजालमा विभिन्न खालका टिका टिप्पणी र नकारात्मक कुराहरु आईराखेको यस परिस्थितीमा सत्यताको विषय उजागर गरी सदस्यहरुलाई निर्धक्कसँग कारोवार गर्ने वातावरण सृजना गर्नका लागि यो विज्ञप्ति प्रकाशन गरेका छौं ।’

‘हामी संस्थाको साधारणसभा गर्ने तयारीमा पनि रहेका छौं। संस्थाको वार्षिक साधारणसभाको आर्थिक प्रतिवेदनको प्रति सेवा केन्द्रहरुले प्राप्त गर्ने वित्तिकै हामी हाम्रा सम्पुर्ण सदस्य महानुभावहरुलाई उपलब्ध गराउने छौं । बजारमा चलेको अफवाह जस्तो संस्थामा त्यस्तो किसिमको कुनै पनि अवस्था नरहेको हामी हाम्रा सम्पुर्ण सदस्यमा जानकारी गराउँछौं ।’

यता सहकारीका एक संचालकले सहकारीका विषयमा जथाभावी कुराहरु वाहिर आएको भन्दै हल्ला भए जस्तो संस्थाको अवस्था नभएको दावी गरे । उनले सदस्यहरुलाई विश्वस्त वनाउँदै भने-‘ढुक्क हुनुहोस्, शिवशिखर सहकारी डुब्दैन, नाफामै छौ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: