काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई नियन्त्रणमा लिएको छ । संस्थाभित्र चरम घोटाला भएको पाइएपछि राष्ट्र बैंकले सो लघुवित्तको संचालक समितिलाई निलम्बन गरी ’ओभरटेक’ गरेको हो । दाङको तुलसीपुरमा रहेको यो संस्थाभित्र करोडौंको घोटाला भएको पाइएको थियो ।
बैंकले सुपरलाई यसअघि नै समस्याग्रस्त घोषणा गरिसकेको थियो । अव नेपाल राष्ट्र बैंकले आफ्नो व्यवस्थापनबाट यो लघुवित्त चलाउनेछ । बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त लघुवित्तका सञ्चालकहरूले नक्कली ऋणी खडा गरेको तथा अरु वित्तीय अपराधसमेत गरेको देखिएकाले सञ्चालकहरूलाई निलम्बन गरिएको जनाएको छ ।
’विभिन्न चरणमा भएको स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक र सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गरी ऋण प्रवाह गरेको देखिएको छ’, राष्ट्र बैंकले सूचनामा भनेको छ–’लामो सयमदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेकोलगायत गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएकाले संस्थाका जिम्मेवार पदाधिकारीबाट भए गरेका काम बैंक तथा वित्तीय संस्था ऐन २०५८ को प्रावधानविपरीत छ ।’
२०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४ दशमलव ३० प्रतिशत र पुँजीकोष ३२ दशमलव ६५ प्रतिशतले ऋणात्मक रहेको देखिएको पनि बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्