×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भएका कर्मचारी निकालेर भ्याकेन्सी खोल्ने स्वावलम्बन लघुवित्तको विपक्षमा फैसला, पदपूर्तिको विज्ञापन खारेज हुने !

PRIME CA

भएका कर्मचारी निकालेर भ्याकेन्सी खोल्ने स्वावलम्बन लघुवित्तको विपक्षमा फैसला, पदपूर्तिको विज्ञापन खारेज हुने !

५ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कर्मचारी निकालेर भ्याकेन्सी खोलेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । निकालिएका कर्मचारी पुर्नबहाली गर्ने फैसलाको कार्यान्वयन नगरी विज्ञापन खोलेको भन्दै श्रम अदालतले सो विज्ञापन कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको हो ।

श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले सात जना कर्मचारी हटाइएको र अदालतले पुर्नबहाली गर्ने फैसला गरेको विषयमा स्वावलम्बन लघुवित्तले पुर्नबहाली नगरी विज्ञापन प्रक्रिया अघि बढाएपपछि तत्काल पदपूर्ति प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो ।

संस्थाले यसअघि संस्थाबाट ७ जना कर्मचारीलाई हटाउने निर्णय गरेको थियो । तर, बिना कारण आफुहरुलाई सेवाबाट निकालिएको भन्दै ती कर्मचारीहरुले श्रम अदालतमा मुद्धा दायर गरेका थिए । सो मुद्धामाथि सुनुवाई गर्दै अदालतले हटाइएका कर्मचारीलाई पुर्नबहाली गर्न फैसला सुनाएको थियो ।

तर, लघुवित्तले अदालतको फैसला अटेर गर्दै कर्मचारीलाई पुर्नबहाली नगरी विज्ञापन प्रक्रिया अघि बढाएपछी पीडितले पुनः फैसला कार्यान्वयनका लागि अदालतमा मुद्धा हालेका थिए । सोही मुद्धाको सुनुवाई गर्दै श्रम अदालतले तत्काल पदपूर्तिको विज्ञापन रोक्न आदेश दिएको हो । अदातले छलफलका लागि दुवै पक्षलाई फागुन ११ गते बोलाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: