- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । सशस्त्र प्रहरी बल नेपाल बिओपी खोनपुरको कमाण्ड सशस्त्र प्रहरी नायव उपरिक्षक साजेन्द्र प्रसाद श्रेष्ठले सम्हाल्ने भएका छन् । यसअघि इन्सपेक्टरको कमाण्डमा रहेको उक्त बिओपी अब भने डिएसपीको कमाण्डमा रहने भएको हो ।
पछिल्लो ८ महिनादेखि कैलालीको कैलारी गाउँपालिका ३ स्थित सशस्त्र प्रहरी बल खोनपुरको कमाण्ड सम्हालेका सशस्त्र प्रहरी निरिक्षक शुबास खत्रीको सरुवा भएसँगै बिओपी खोनपुरको कमाण्ड डिएसपी श्रेष्ठले सम्हाल्ने भएका हुन् ।
सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी नायव उपरिक्षक श्रेष्ठलाई बिओपी खोनपुरमा स्वागत गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा इन्सपेक्टर सुबास खत्रीको बिदाईसमते गरिएको थियो । बिओपी खोनपुरको कमाण्ड डिएसपी श्रेष्ठले सम्हालेसंगै खुला सिमानाका भएर हुने अवैध तस्करी, दशगाजा क्षेत्रमा हुने आपराधिक गतिविधि र लागुऔषको अवैध व्यापार नियन्त्रण हुने विश्वास गरिएको छ ।
सशस्त्र प्रहरी बल, बिओपी खोनपुरको कमाण्ड डिएसपी श्रेष्ठले सम्हालेसँगै बिओपी छोटी पलिया, भुइयाफाटा र लठ्ठाघाट पनि उनकै निगरानीमा रहने भएका छन् ।