×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली ऋणी खडा गरेर ८ करोड बढी रकम ठगी गर्ने आरम्भ चौतारी लघुवित्तका मेनेजर पक्राउ

PRIME CA
GLOBAL IME BANK

नक्कली ऋणी खडा गरेर ८ करोड बढी रकम ठगी गर्ने आरम्भ चौतारी लघुवित्तका मेनेजर पक्राउ

१६ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नक्कली ऋणी खडा गरी ८ करोड बढी रकम अपचल गर्ने आरम्भ लघुवित्त वित्तीय संस्थाका मेनेजर पक्राउ परेका छन् । नुवाकोटको तादी गाउँपालिका ३ स्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा करोडौं रकम अपचलन गरेको भन्दै प्रहरीले खरानीटार शाखाका शाखा प्रबन्धक विवश पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेले संस्थाको करोडौं रकम हिनामिना गरेको भन्दै संस्थाबाटै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काले बताएका छन् । ‘करोडौं रकम हिनामिना भएको भन्दै पाण्डेविरुद्ध संस्थाबाटै उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी खड्काले भने, ‘पाण्डेले लघुवित्तमा फर्जी खातावाला खडा गरी ऋण प्रवाह गरेको आरोप छ । थप अनुसन्धान गरिरहेका छौँ ।’

डिएसपी खड्काका अनुसार पक्राउ परेका पाण्डेविरुद्ध बैंकिङ कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ । उनीमाथी ८ करोड २२ लाख ६५ हजार ५ सय ८७ रुपैयाँ अपचलन गरेको आरोप रहेको डिएसपी खड्काले बताएका छन् ।

पक्राउ परेका पाण्डेले लघुवित्तको रकम अपचलन गरी काठमाडौंको बुढानिलकण्ठमा आलिसान महल बनाएको स्रोतको दाबी छ । उनीविरुद्ध हाल उच्च अदालत पाटनबाट बैंकिङ कसुरमा मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: