काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फागुन महिनामा मात्रै २८ व्यवसायिक फर्मलाई कार्वाहीको दायरामा ल्याएको छ । विभागले ऐनविपरित कार्य गर्ने २८ व्यवसायिक फर्मबाट २५ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।
विभागका अनुसार उपभोक्ता संरक्षण ऐन विपरित कार्य गर्ने होटल तथा रेस्टुरेन्ट, तरकारी तथा फलफूल, खाद्य वस्तु, मदिरा, अटो पार्टस्, रेडिमेट तथा थान कपडा, माछा मासु, फर्निचर लगायतका व्यवसायिक फर्मबाट जरिवाना असुल गरेको हो ।
फागुन महिनाभर १ सय ९५ व्यवसायिक फर्ममा भएको अनुगमनका क्रममा ऐन विपरित कार्य गर्ने २८ फर्मलाई जरिवाना गरिएको विभागका प्रवक्ता होमनाथ भट्टराईले बताएका छन् । भट्टराईका अनुसार अनुगमनका क्रममा १ सय ९५ फर्ममध्ये ९६ फर्महरु सामान्य अवस्थामा पाइएको थिए भने २८ लाई जरिवाना गरिएको हो । बाँकी ५३ व्यवसायिक फर्मको कागजात मागेर अध्ययन गरिरहेको र ४ फर्मलाई सुधार गर्न निर्देशन पनि दिईसकेको प्रवक्ता भट्टराईले बताएका छन् ।
विभागले सबैभन्दा बढी होटल तथा रेस्टुरेन्ट व्यवसायबाट ७ लाख ७० हजार जरिवाना असुल गरेको छ । फागुनमा ५ होटल तथा रेस्टुरेन्टलाई जरिवाना भएको छ । तीन खाद्य पसलबाट ५ लाख ५ हजार, दुई मदिरा एवम सूर्तिजन्य पसलबाट ३ लाख ५ हजार, तीन तरकारी तथा फलफूल पसलबाट २० हजार जरिवाना असुल गरिएको विभागले जनाएको छ ।
त्यस्तै, दुइटा अटो पार्टस् फर्मबाट २५ हजार, एक रेडिमेट तथा थान कपडा पसललाई १५ हजार, एकफर्निचर एण्ड फिक्चर्सबाट २० हजार, माछामासु पसलबाट ५ हजार जरिवाना असुल गरिएको भट्टराईले बताए । यी बाहेक अन्य क्षेत्रबाट ८ लाख ३० हजार रुपैयाँ जरिवाना असुल गरिएको उनको भनाई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्