×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणमा प्रहरीको सक्रियता, हालसम्म ११ जना पक्राउ, ५ जना अझै फरार

BIZBAZAR

काठमडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमणका घटना बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको छ । देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भएको आक्रमणमा संलग्नहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।

हालसम्म बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भएको आक्रमण/दुर्व्यवहारका घटनामा संलग्न ११ जनालाई नियन्त्रणमा लिईसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस्ता घटनामा संलग्न थप पाँच जना भने अझै फरार रहेका छन् । फागुन १६ गते जाजरकोटमा एनआईसी एसिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्ने र लुटपाट गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उक्ता घटनामा संलग्न थप ३ जना भने अझै फरार रहेका छन् ।

त्यस्तै, फागुन २५ गते झापामा रहेको अभियान लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्ने ४ जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको छ । घटनामा संलग्न ६ जनामध्ये २ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यता चैत २ गते पर्वतमा एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण गर्ने १ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । किस्ता उठाउन भन्दै म्याग्दीबाट पर्वत पुगेको एनआईसी एशिया बैंकका ब्रान्च मेनेजरलाई आक्रमण गर्ने एकजनालाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

यो सँगै बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने अराजक गतिविधि नियन्त्रण गर्नसमेत सक्रियता बढाएको समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal