काठमाडौं । लघुवित्त बैंकर संघका पूर्वअध्यक्ष बसन्त लम्सालले राज्यको उदाशीनताका कारण लघुवित्तकर्मीहरु कमजोर भएको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘बिज एण्ड ब्रेन’मा बोल्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलन र लघुवित्तकर्मीमाथि हुने गरेको दुव्र्यवहारका घटनाले राज्यविहीनताको अनुभुति भएको लम्सालको भनाई छ । ‘लघुवित्त वित्तीय संस्था के का लागि जन्मिएको हो ? सुरुवाती दिनमा गाउँगाउँमा वित्तीय पहुँच पुर्याउने र निम्न वर्गका नागरिकमाझ वित्तीय पहुँच पुर्याउने भनेर राज्यले नै पठाएको होइन ? अनि अहिले आएर लघुवित्त भनेका छुट्टै ग्रहबाट आएका हुन् जस्तो व्यवहार किन गर्दैछ राज्य ?’ कार्यक्रममा प्रश्न गर्दै उनले भने, ‘लघुवित्त वित्तीय संस्थाविरुद्ध यतिबिघ्न अराजकता मच्चिदा पनि राज्य मौन छ । राज्यको यही उदाशीनताका कारण हामी लघुवित्तकर्मी कमजोर भएका छौँ ।’
त्यस्तै, उनले लघुवित्तमा वित्तीय संस्थाको सिस्टम बिग्रिनुमा सेयर खेलाडीको हात नरहेको समेत दाबी गरेका छन् । ‘लघुवित्तको सिस्टम सेयर बजारका खेलाडीले नै बिगारेका हुन् भन्ने चाहिँ होइन । म्यानेजमेन्टका सवालमा पनि सेयर खेलाडीको भूमिका त कहाँ हुन्छ र ? होला, कहिँकतै सीईओलाई नाफा गराउनुपर्छ भन्ने हुनसक्छ ।’ उनले भने, ‘लघुवित्त आफैमा सानो संस्था हो । त्यसमा पनि सप्लाई थोरै र नाफा पनि धेरै हुनेहुँदा पनि अधिकांशले लघुवित्तकै सेयर किन्न खोज्ने अवस्था थियो । त्यसमा अब भित्र केहीले चलखेल गरे होलान् तर सेयर खेलाडीकै कारण लघुवित्तमा समस्या देखिएको चाहिँ होइन ।’
उनीसँग गरिएको कुराकानीको बाँकी अंश भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्