काठमाडौं । विश्वव्यापी रुपमा चिपको आपूर्तिमा सङ्कट देखिएका बेला चीनको भ्रष्टाचार विरोधी निकायले त्यहाँका चिप टाइकुन चाओ वेइगुओमाथि भ्रष्टाचारको आरोप लगाएको छ । युनिग्रुपका पूर्व अध्यक्ष समेत रहेका कम्प्युटर चिप निर्माता सिङ्गुआलाई सेमी कन्डक्टर उद्योग सङ्कटमा परेको बेला यी आरोपहरू लगाइएका हुन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार चाओको सेमी कन्डक्टर उद्योगमा चिनियाँ सरकारले पनि अर्बौ डलर लगानी गरेको थियो । तर, उक्त उद्योग असफल भएपछि गत वषदेखि नै उक्त उद्योगसँग आबद्ध धेरै व्यक्तिविरुद्ध भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु भएको थियो ।
यता चाओ र सिङ्घुआ समूहले यसबारे कुनै प्रतिक्रिया दिन नचाहेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार आफ्नो विज्ञप्तिमा, सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनले चाओले ‘सरकारी कम्पनीलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा प्रयोग गरेको’ आरोप लगाएको छ । चाओले आफ्ना आफन्त र साथीहरूलाई नाफामुखी व्यवसायहरू हस्तान्तरण गरेको र उनीहरूले आफूसँग सम्बन्धित कम्पनीहरूबाट बजारभन्दा बढी मूल्यमा सामान र सेवाहरू किनेको संस्थाले बताएको छ ।