×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटग्रस्त अवस्थामा रहेको क्रेडिट स्वीस बैंकलाई उद्धार गर्न यूबिएस तयार, ग्यारेन्टीबापत ६ अर्ब डलर माग

PRIME CA

संकटग्रस्त अवस्थामा रहेको क्रेडिट स्वीस बैंकलाई उद्धार गर्न यूबिएस तयार, ग्यारेन्टीबापत ६ अर्ब डलर माग

५ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । संकटग्रस्त अवस्थामा रहेको स्वीट्जरल्याण्डको क्रेडिट स्वीस बैंकलाई लिन यूबीएस तयार भएको छ । आन्तरिक व्यवस्थापन गतिलो नहुँदा संकटग्रस्त भएको स्वीस बैंकको अवस्था झनै बिग्रन थालेपछि बैंकलाई ‘टेक ओभर’ गर्न यूबीएस तयार भएको हो ।

यूबीएस क्रेडिट स्वीस बैंकको प्रतिद्धन्दी बैंक हो । बैंक संकटग्रस्त अवस्थामा पुगेसँगै स्वीस बैंकको उद्धारको लागि केन्द्रीय स्तरबाटै अवाजहरु उठ्न थालेको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार स्वीट्जरल्याण्डको कन्द्रीय बैंक स्वीस सेन्ट्रल बैंकको आग्रह र दबाबमा यूबीएस संकटग्रस्त क्रेडिट स्वीस बैंकको उद्धारका लागि तयार भएको हो ।

यूबीएसले क्रेडिट स्वीस बैंकको उद्धारका लागि सरकारसँग ६ अर्ब डलर ग्यारेन्टी माग गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिबार यूबीएस र क्रेडिट स्वीस बैंकका सञ्चालकहरुबीच छुट्टाछुट्टै बसेको बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यूबीएसले क्रेडिट स्वीस बैंकको उद्धार गर्नेबारे प्रारम्भिक सम्झौता भएको बुझिएको छ । उद्धारका लागि यूबीएसले माग गरेको ५ अर्ब डलर क्रेडिट स्वीसको केही हिस्साहरु बन्द गर्ने लागत र सम्भावित कानूनी खर्चहरु पूरा गर्न प्रयोग गरिने एजेन्सीको दाबी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: