एजेन्सी । अमेरिकामा ३ बैंक बन्द भएको घटना सेलाउन नपाउँदै क्रेडिट स्वीस बैंक संकटग्रस्त भएको खबर छ। सीएनएनका अनुसार आन्तरिक व्यवस्थापन गतिलो नहुँदा बैंक संकटग्रस्त भएको हो ।
यता सो बैंक संकटग्रस्त भएपछि त्यहाँको केन्द्रीया बैंक स्वीस सेन्ट्रल बैंकले आवश्यक तरलता सहयोगसहित सबै सहयोग गर्न आफु तयार रहेको बताउँदै सम्बन्धित सबैलाई नआत्तिन अनुरोध गरेको छ । यद्यपी केन्द्रीय बैंकको यो अनुरोधका वावजुत सो बैंकको सेयर मूल्य ३० प्रतिशत भन्दा तल घटीसकेको छ भने यो क्रम अझै रोकिएको छैन ।
सीएनएनका अनुसार सो बैंक उद्धारका लागि ५४ बिलियन डलर आवश्यक पर्छ । सो रकमको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमासमेत आवश्यक निर्णय लिन त्यहाँको केन्द्रीय बैंकको निरन्तर बैठक बसिरहेको छ।
अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट उल्टिएको एक साता बित्न नपाउँदै युरोपका बैंकहरुमा पनि समस्या देखिन थाल्नुलाई अन्तराष्ट्रिय आर्थिक विश्लेषकहरुले पनि गम्भीर रुपमा लिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्