×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच एक्वीजिसनको अन्तिम सम्झौतामा हस्ताक्षर

BIZBAZAR

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाबीच मर्जर तथा एक्वीजिसनको अन्तिम सम्झौता भएको छ । दुवै संस्थाले सोमबार मर्जर तथा एक्वीजिसनको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

भरतपुर महानगरपालिका १० चितवनमा रजिष्टर्ड कार्यालय रहेको डिप्रोक्स लघुवित्तले बनेपा नगरपालिका ७ काभ्रेपलाञ्चोकस्थित आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हो ।

मर्जर तथा एक्वीजिसनको अन्तिम सम्झौतामा हस्ताक्षर भएसँगै दुवै कम्पनीले सो सम्बन्धमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जानकारीसमेत पठाएका छन् ।

योसँगै आदर्शको १०० कित्ता सेयर हुनेहरुको एक्विजिसनपछि डिप्रोक्स लघुवित्तको नाममा १०० कित्ता सेयर भएर आउनेछ । दुवै लघुवित्तको फागुन ३० गते सम्पन्न साधारणसभाले पनि प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal