×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्तले सेयरधनीलाई नगद लाभांश वितरण गर्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डिप्रोक्स लघुवित्तले सेयरधनीलाई नगद लाभांश वितरण गर्यो

Artha Sarokar

७ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीले लाभांश प्राप्त गरेका छन् । लघुवित्तले आफ्ना सेयरधनीलाई दिने भनेको ११.०५२ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाइदिएको हो ।

कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । त्यस्तै, हालसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न लघुवित्तले आग्रह गरेको छ । लघुवित्तका अनुसार खाता अपडेट गरेलगत्तै लाभांश खातामा जम्मा हुनेछ ।

कम्पनीको फागुन ३० गते बसेको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १० प्रतिशत बोनस सेयर र ११.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्ने लघुवित्तले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी