काठमाडौं । असी हजार लिटर डिजलमा मट्टितेल मिसावट भएको पुष्टी भएको छ । ४ वटा ट्यांकरमा मटितेल मिसावट भेटिएपछि थप परिक्षणका लागि भारत पठाईने भएको हो ।
गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएका ४ वटा ट्यांकरमा सो मिसावट भेटिएको हो । जसअनुसार मे १ ख २१४९,मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याईएको कुल ८० हजार लिटर डिजलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।
नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको हो । तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल मिसावट भएको हो भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाउने लागिएको निगमले जनाएको छ ।
सो बारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौंको केन्द्रिय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणिकरण गरेर प्रतिवेदन पनि बुझाई सकेको जनाएको छ । समितिले सिफारिस गरे अनुसार मात्र निक्यौल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्