×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

दुर्गा प्रसाईंको आरोपः ‘५५ जना व्यापारी र १० जना नेताहरु मिलेर नेपालका बैंकमा कब्जा जमाए’

BIZBAZAR

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नेपालको बैंक र लघुवित्त वित्तीय संस्थाहरु ठुला व्यपारी र नेताहरुले कब्जा गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चर्को ब्याज र मिटरब्याज पीडितको विषयमा धारणा राख्दै प्रसाईंले यस्तो बताएका हुन् ।

ठूला व्यापारी र नेताहरुले बैंक र वित्तीय संस्थामा कब्जा जमाउँदा सर्वसाधारण नागरिक र साना व्यापारी मर्कामा परेको प्रसाईंको आरोप छ । ‘यो देशका ५५ जना व्यपारी र १० जना नेताहरु मिलेर बैंकलाई कब्जा गरेका छन् । लघुवित्त, सहकारी, माईक्रोफाइनन्स, फाइनन्स कम्पनी, डेभलपमेन्ट बैंक, इन्स्योरेन्स कम्पनी लगायतका कम्पनी ५५ जना व्यपारी र १० जना नेताको हातमा छ ।’, प्रसाईंले भने, ‘लघुवित्त, सहकारी, बैंक र इन्स्योरेन्स भनेको राज्यको हुनुपर्छ । तर, यहाँ व्यापारी र नेताको हुँदा हामी नागरिक र साना व्यापारी मर्कामा पर्यौं ।’

त्यस्तै, उनले चर्को ब्याजदरका कारण व्यावसायी तथा आम नागरिकले दुःख पाएको भन्दै बैंक तथा वित्तीय संस्था नेपाली जनताको लागि शत्रुजस्तो भएको टिप्पणी गरेका छन् ।

‘अहिले मुलुकमा बैंक, लघुवित्त र सहकारीहरु व्यपारीहरुको लागि शत्रुजस्तै भएका छन् ।’, उनले थपे, ‘बैंकको चर्को ब्याजदरले गर्दा सबै अन्यायमा परेका छन् । सोरुममा राखेर बेच्नुपर्ने जुक्ता आज मेलामा राख्नुपर्ने अवस्था आयो, यो भन्दा दुःखको कुरा अरु के हुन सक्छ ?’ त्यस्तै, प्रसाईंले सरकारले जबसम्म ५ प्रतिशत ब्यजादरमा लगानी गर्न सक्दैन, तबसम्म उद्योगधन्दा, कलकारखानाहरु र व्यवसाय नफस्टाउने दाबी गरेका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal