×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘मसँग पाँच जना सीए छन्, उनीहरुसँग व्यापक छलफल गरेर बोल्छु, हचुवाको भरमा बाल्दिन’- दुर्गा प्रसाईं

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूसँग पाँच जना सीए भएको दाबी गरेका छन् । प्रसाईंमाथि अभियानका नाममा जथाभावी बोलेको भन्ने चर्को आरोप लागिरहेका बेला उनले आफूले बोलेका विषय तथ्यमा आधारित रहेको दाबी गरेका हुन् ।

बैंकको ब्याज घटाउनुपर्ने र २० लाखभन्दा मुनीको ऋण मिनाह हुनुपर्ने भन्दै देशव्यापी आन्दोलनको नेतृत्व गरेका प्रसाईंले आफूले बोल्ने हरेक विषय तथ्यमा आधारित हुने बताए । ‘म हचुवाको भरमा बोल्दिन । मैले बोलेका कुराहरु सबै तथ्यमा आधारित छन् ।’, उनले भने, ‘आर्थिक विषयमा यसले कसरी जान्यो भन्छन् धेरैले । मैले पाँच जना सीए राखेको छु । देशको आर्थिक अवस्थाको बारेमा उनीहरुसँग व्यापक छलफल गरेर मात्रै बोल्छु ।’

त्यस्तै, प्रसाईले नेपालका बैंक तथा वित्तीय संस्था ठूला व्यापारी र नेताहरुले कब्जा गरेको समेत दाबी गरेका छन् । ५५ जना ठूला व्यापारीले नेपालको बैंकमा कब्जा गर्दा साना व्यापारी र सर्वधारण मर्कामा परेको बताउँदै उनले यस्तो चक्र कुनै पनि हालतमा तोड्नुपर्ने बताएका छन् ।

यतिमात्र होइन, प्रसाईंले पछिल्लो समय बजारमा उपभोक्ताको संख्या नै घटेको दाबी गरेका छन् । आर्थिक मन्दी र रोजगारीका लागि विदेशिनेको संख्या दिनहूँ बढ्न थालेपछि बजारमा उपभोक्ता नै नभएको प्रसाईंको भनाई छ ।

‘भएका सबै विदेश गए । नेपालमा त बालबालिका र वृद्धवृद्धा मात्रै छन् । अझै कति त विदेश जाने तयारीमा छन् ।’, उनले भने, ‘यसै पनि बजारमा पैसा छैन । भएका जति सबै विदेश गएपछि अब त बजारमा उपभोक्ताहरु नै घटेका छन् । अनि कसरी व्यापारी माथि उकासिन्छन् ?’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: