×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईं आवद्ध कम्पनीलाई ऋण नथप्ने बैंकहरुको निर्णय, तर प्रसाईंको दाबी- ‘म एक नम्बर क्लाइण्ट हो, सबैले ऋण दिन्छन्’

PRIME CA

दुर्गा प्रसाईं आवद्ध कम्पनीलाई ऋण नथप्ने बैंकहरुको निर्णय, तर प्रसाईंको दाबी- ‘म एक नम्बर क्लाइण्ट हो, सबैले ऋण दिन्छन्’

२६ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले दुर्गा प्रसाईं आवद्ध कम्पनीलाई ऋण नथप्ने ‘अनौपचारिक’ निर्णय लिएका छन् । भएकै ऋणसमेत जोखिममा परेको, र बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अराजक गतिविधि गरेको निष्कर्षसहित उनले ऋण लिएका बैंकहरुले उनी आवद्ध कुनै पनि कम्पनीलाई ऋण नथप्ने अनौपचारिक निर्णय गरेका हुन्।

‘अव यस्तो कुरा भन्न मिल्ने कुरा होइन । माइन्युट गर्ने कुरा पनि होइन । तर अव प्रसाईंका कम्पनीलाई ऋण नदिने भन्ने मोटामोटी सहमति छ।’ एक बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने, ‘हुन त केहि बैंकहरुमा मात्र उहाँको ऋण छ । हाम्रो बैंकमा पनि उहाँका कम्पनीको ऋण छ । अव उहाँ आवद्ध कम्पनीलाई ऋण नथप्ने कुरा छ । र सोहि अनुसार हुन्छ।’

उनका अनुसार प्रसाईंका ऋण भएका बैंकहरुले आन्तरिक रुपमा यस्तो निर्णय लिएका हुन् । ‘यो बैंकर्स संघको निर्णय होइन । हामीले अव नथप्ने भनेर केहि बैंकहरु बीच सल्लाह गरेका हौँ ।’ एक बैंकका सीइओले भने ।

प्रसाईंको ७ अर्व हाराहारी बैंकको ऋण छ ।

बैंकहरुको यस्तो निर्णयबारे थाहा पाएपछि उनका पार्टनरले पनि उनलाई संचालक समितिबाट हटाएर बैंकसँको सम्बन्ध राम्रो बनाउने भन्ने विषयमा छलफल गरिरहेको बुझिएको छ ।

प्रसाईंको दाबी- ‘म एक नम्बर क्लाइण्ट हो, मलाई सबैले ऋण दिन्छन्’

यता दुर्गा प्रसाईंले भने आफुलाई आजको दिनमा सबैले ऋण दिने दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले आफु आजको दिनसम्म पनि बैंकहरुको एक नम्बर क्लाइण्ट भएकाले आफुलाई कुनै बैंकले पनि ऋण दिने दाबी गरेका छन् । उनले बैंकहरुले निर्णय गरेको भन्ने खबर गलत भएको र आफुलाई संचालक समितिबाट हटाउने विषय पनि गलत भएको दाबी गरेका छन् । ‘मेरो ७० प्रतिशत सेयर भएको कम्पनीले मलाई कसरी हटाउन सक्छ ? ल हटाएर देखाए भो त !’ अर्थ सरोकारसँगको कुराकानीमा उनले भने- ‘एक त मलाई अहिले ऋण नै चाहिएको छैन । ऋण चाहिँदा मलाई कुनै पनि बैंकले ऋण दिन्छन् ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: