×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्रमा हनहनी ज्वरो आएको छ, यो दीर्घ रोगको उपचार नगरे हामी सकिन्छौँ’ : ‘सम्भावित अर्थमन्त्री’ गगन थापा

PRIME CA

‘अर्थतन्त्रमा हनहनी ज्वरो आएको छ, यो दीर्घ रोगको उपचार नगरे हामी सकिन्छौँ’ : ‘सम्भावित अर्थमन्त्री’ गगन थापा

२८ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा आएका समस्या तत्काल समाधान नभए ठुलो समस्या आउने बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले अर्थतन्त्रमा हनहनी ज्वरो आएको छ, यो दीर्घरोग हो, यो मौसम परविर्तन भएर आएको होइन । हामीले अब ज्वरो आयो भनेर सिटामोल खाएर मात्रै हुँदैन, दीर्घ रोगको उपचार नगरे हामी सकिन्छौं।’ कार्यक्रममा बोल्दै उनले भने।
बैंकिङ क्षेत्रमा आएका समस्याबारे सहि तरिकाले अनुगमन भएको छ कि छैन भन्ने बारे नियामक राष्ट्र बैंकले ध्यान दिनुपर्नेमा जोड दिंदै उनले व्यवसायीले ऋण तिर्न सक्ने अवस्था नरहेकोसमेत स्मरण गरे ।
‘मैले देखेसम्म पहिलो पटक निजी क्षेत्र बैंकविरुद्ध आन्दोलनमा आयो, कर्जा पाउने सम्भावना छैन । उनीहरुले ऋण तिर्न सकेका छैनन् ।’ कार्यक्रममा बोल्दै उनले भने ।
देशको अर्थतन्त्रबारे सबैभन्दा बढी चिन्ता प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै उनले मन्त्री, सांसद वा अन्य सरोकारवालाहरुले प्रधानमन्त्रीलाई अर्थतन्त्र बिकासका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।
केहि दिनमा सरकारले पूर्णता पाउने बताउँदै उनले सरकारले जनताका निम्ति ‘समय थोरै छ’ भन्ने सोचेर काम गर्नुपर्नेमा उनको जोड थियो ।
गगन थापालाई अवको सम्भावित अर्थमन्त्रीका रुपमा हेरिएको छ । कांग्रेसले अर्थमन्त्री लिएको अवस्थामा गगन थापा, प्रकाश शरण महत वा बिनोद चौधरीमध्ये कसैलाई अर्थमन्त्री बनाउने भन्ने विषयमा कांग्रेस आन्तरिक छलफलमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: