×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारमा गएका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु, यस्तो छ सहभागी हुने तरिका…

PRIME CA

वैदेशिक रोजगारमा गएका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु, यस्तो छ सहभागी हुने तरिका…

१५ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वैदेशिक रोजगारमा गएका श्रमिकका लागि सरकारले बुधबारबाट निःशुल्क स्वास्थ्य परामर्श सुरु गर्ने भएको छ । सेवा बुधबार बिहान १० बजेबाट सुरु हुनेछ ।

सार्वजनिक बिदाको दिन बाहेक सबै दिनमा सेवा सञ्चालन हुने वैदेशिक रोजगार बोर्डले जनाएको छ । सेवा लिन चाहने श्रमिकले ९८५१३४५७०१ र ९८५१३४५७०२ मा भाइवर, ह्वाट्सएप वा इमोमार्फत सम्पर्क गर्न सक्नेछन् । काठमाडौंको बिर अस्पतालबाट सञ्चालन हुने सेवाका लागि बोर्डले छुट्टै ‘डेडिकेटेड टिम’ बनाएको छ । टिममा मेडिकल अधिकृतसहित स्टाफ नर्सका टोली सहभागि हुनेछन् भने उनीहरुले सेवाग्राहीको स्वास्थ्य समस्या बुझ्ने र सोही अनुसार चिकित्सक सिफारिस गर्ने बोर्डले जनाएको छ ।

बैदेशिक रोजगारमा गएका श्रमिकका लागि बुधबारबाट स्वास्थ्य परामर्श सुरु भएको बोर्डका प्रवक्ता राजन पौडेलले बताएका छन् । ‘बैदिशक रोजगारमा रहेका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु गरिएको छ । कार्यालय समयमा सेवाग्राहीले भाइवर, ह्वाट्सएप वा इमोमार्फत सम्पर्क गर्न सक्नेछन् ।’, उनले भने, ‘यसका लागि हामीले सम्पर्क नम्वर पनि सार्वजनिक गरेका छौं । सेवा बीर अस्पतालबाट प्रवाह हुनेछ ।’

बोर्डका अनुसार प्रत्येक वर्ष बैदेशिक रोजगारमा गएका १२ हजार ५ सय श्रमिकको बिभिन्न स्वास्थ्य समस्याका कारण मृत्यु हुने गरेको छ । जसमध्ये ७५ प्रतिशत श्रमिकको मृत्यू नसर्ने रोगका कारण भएको छ । सोही समस्या समाधान गर्ने उद्येश्यले स्वास्थ्य परामर्श सेवा सुरु गरिएको बोर्डका प्रवक्ता पौडेलले बताएका छन् । ‘प्रत्येक वर्ष बैदेशिक रोजगारीका लागि विदेशिएकामध्ये १५ हजार ५ सय श्रमिकले ज्यान गुमाउने गर्छन् । जसमध्ये ७५ प्रतिशत श्रमिकको मत्यू नसर्ने रोगका कारण हुने गरेको देखिन्छ ।’, उनले भने, ‘यसलाई न्यूनिकरण गर्न बोर्डले स्वास्थ्य परामर्श सेवा सुरु गर्न लागेको हो । यो सेवा अब निरन्तर सञ्चालनमा आउनेछ ।’

बोर्डका अनुसार श्रमिमको कल बीर अस्पतालस्थित मेडिकल अधिकृतले उठाउनेछन् । उनले श्रमिकको स्वास्थ्य समस्या बुझ्नेछन् । थप सेवा लिनु पर्ने अवस्था आएमा उनले स्वास्थ्य बिशेषज्ञ सिफारिस गर्नेछन् । सेवा केन्द्रमा आइतवार र शुक्रवार विशेषज्ञ टोली सहभागि हुनेछन् । उनीहरुले सेवाग्राहीले आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिनेछन् र उनीहरुले आवश्यक औषधिको सिफारिस पनि गरिदिन सक्नेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । सोही कार्याविधि अनुसार बोर्डले सेवा सुरु गर्न लागेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: