×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

काठमाडौँ उपत्यकामै लघुवित्तमा तालाबन्दी, २ साखाका कर्मचारी कार्यालयभित्रै थुनिए, ‘कर्मचारीको मनोबल खस्कियो’

BIZBAZAR
काठमाडौँ । काठमाडौँ उपत्यकामै पनि लघुवित्तका साखामा ताला लागेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कार्यकर्ताहरुले बिहीबार कमलविनायकमा रहेको स्वावलम्बन लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरेको हो ।
तालाबन्दीका क्रममा प्रहरी पनि घटनास्थलमा पुगेको थियो । तर प्रहरीपनि पार्टीका कार्यकर्ता र लघुवित्तका कर्मचारीबीचको कुराकानी सुनेर फर्केको थियो । झण्डासहित लघुवित्तको कार्यालय पुगेका पार्टीका कार्यकर्ताहरुले लघुवित्तका कर्मचारीसँग सोधपुछसमेत गरेका थिए ।
नेकपा (बहुमत)ले देशभरका लघुवित्तहरुमा तालाबन्दी गरिरहेको छ । चैत्र १ देखि सुरु भएको सो अभियान काठमाडौँ उपत्यकासहित देशभर चलिरहेको छ ।
कतिपय ठाउँमा लघुवित्तका कर्मचारीहरु कार्यालयभित्रै थुनिएको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले जानकारी दिए । ‘कतिपय ठाउँमा प्रहरीले सहयोग गरेको छ, कतिपय ठाउँमा प्रहरीले जानकारीसमेत नपाएको देखिएको छ । धेरै ठाउँमा त हाम्रा कर्मचारी साथीहरु कार्यालयभित्र थुनिएकासमेत छन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै संघका अध्यक्ष शर्माले भने, ‘राज्यको उपस्थिति सार्है कमजोर देखियो । कर्मचारीको मनोबल खस्किएको छ ।’
कतिपय ठाउँमा त प्रहरीले लघुवित्तमा भएको तालाबन्दीबारे थाहासमेत पाएका छैनन् । काभ्रेको भकुन्डेबेसी लगायतका ठाउँमा लघुवित्तमा ताला लागेको कुरा त्यहाँको जिल्ला प्रहरी कार्यालयले आफुलाई जानकारी नभएको बतायो ।
लघुवित्तका कर्मचारीमाथि चौतर्फी आक्रमण भएको भन्दै लघुवित्तकर्मीहरु पुन: गृहमन्त्रीसमेत रहेका प्रचण्डलाई भेट्न जाने तयारीमा छन् । गृह मन्त्रालयले केहि समय अगाडी सर्कुलर नै जारी गरेर बैंक तथा वित्तीय संस्था र तीनका कर्मचारीलाई सुरक्षा दिनु भने पनि प्रहरीलेसमेत सो सर्कुलरको अवज्ञा गरेको पाइएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal