×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विज्ञापनको पर्चा बाँड्ने रोजगार कम्पनीलाई महानगरको जरिवाना, पर्चा बाँडेर फोहोर गरेको दाबी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विज्ञापनको पर्चा बाँड्ने रोजगार कम्पनीलाई महानगरको जरिवाना, पर्चा बाँडेर फोहोर गरेको दाबी

६ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विज्ञापनको पर्चा बाँड्ने रोजगार कम्पनीलाई काठमाडौं महानगरपालिकाले कार्वाही गरेको छ । महानगरपालिकाभित्र जथाभावी विज्ञापनको पर्चा-पम्पलेट बाँडेर फोहोर गरेको भन्दै महानगरले एक रोजगार कम्पनीलाई कारबाही गरेको हो ।

काठमाडौं ७ मा रहेको सादना जबलाई प्रशासनिक दण्ड जरिवाना अन्तर्गत फोहोर मैला गरेवापत ५ हजार रुपैयाँ तिराएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकालाई सफा राख्ने प्रयास भईरहेको बेला जथाभावी पर्चा बाँडेर फोहोर गरेको भन्दै उक्त कम्पनीलाई कार्वाही गरिएको हो । त्यस्तै, अब आफ्नो विज्ञापनको लागि पर्चा, पम्पलेट, वा फ्लेक्स टाँसेर वा बाँडेर जथाभावी फोहोर गरेको पाइएमा कार्वाही गर्नेसमेत महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले यसअघि जथाभावी फोहोर फाल्ने संस्था, सवारी साधनलाई पनि जरिबाना तिराएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी