×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ ठेकेदारको लापरवाही र सुस्तता देखेपछि कुलमानले फिल्डमै गएर थर्काए, काम सन्तोषजनक नभएको निष्कर्ष !

PRIME CA

चिनियाँ ठेकेदारको लापरवाही र सुस्तता देखेपछि कुलमानले फिल्डमै गएर थर्काए, काम सन्तोषजनक नभएको निष्कर्ष !

२६ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालमा चिनियाँ ठेकेदारहरुले अलपत्र गरेका थुप्रै आयोजनाहरु छन् । अझ समयमा काम नसक्ने मामलामा त चिनियाँ ठेकेदारहरु नेपालमै अग्रस्थानमै पर्छन् । यसैबीच तामाकोशी-काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजना पनि समयमा नै नसकिने देखेपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले फिल्डमै गएर चिनियाँ ठेकेदारहरुलाई थर्काएका छन् ।
आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् भने लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । तर यी काममा धेरै कैफियत देखिएको चर्चा चलिरहेका बेला र काम समयमा नै नसकिने चर्चा चलिरहेका बेला कुलमानको ‘फिल्ड भिजिट’लाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजनाअन्तर्गत बाह्रबिसे सबस्टेसनको अनुगमन भ्रमण गरी महत्त्वपूर्ण प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ । समयमा नै काम सम्पन्न नभए त्यसको क्षतिपूर्ति दिनुपर्ने भन्दै कुलमानले ठेकेदार थर्काएका हुन् ।
चिनियाँको व्यवहार रुखो भएको, आयोजना स्थलमा स्थानीयलाई अनावश्यक गाली गलौज गरेको, र प्रशारण लाइनको मार्गधिकारका विषयमा कुरा राख्दा स्थानीयलाई चिनियाँहरुले दुर्व्यवहार गरेको गुनासोबारे पनि फिल्ड भिजिटका समयमा छालफल भएको थियो । चिनियाँ पक्षले भने स्थानीयले विभिन्न काममा अवरोध हुँदै आएको दाबी गर्दै आएको छ ।
बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेकट्रोनिक्सको उपक्रमको काम सन्तोषजनक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरेका छन् ।
‘मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सबस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने ? यस्तो महत्त्वपूर्ण सबस्टेसन निर्माणमा ढिलाइ गर्ने ?,’ घिसिङले ठेकेदारलाई थर्काउँदै भनेका थिए-‘यदि सबस्टेसन निर्माण सम्पन्न नभएर मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिक रूपमा प्राप्त गर्ने आम्दानी असुलउपर गरिने छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: