काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्य रेमिट्यान्समा निर्भर रहेको बताएका छन् । मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय राज्य पूर्ण रुपमा रेमिट्यान्समा निर्भर रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले रेमिट्यान्समा राज्य निर्भर हुनुको नतिजा पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा पर्दै गएको दाबी गरेका छन् । ‘हामी अहिले पूर्ण रुपमा रेमिट्यान्समा निर्भर भएका छौं । आर्थिक पुर्नसंरचनामा लाग्नुपर्ने हाम्रो अहिलेको आवश्यकता र प्राथमिकता दुवै हो ।’, उनले भने, ‘अहिले पनि हामी मौन बस्यौँ भने ठूलो संकटमा पर्न सक्छौँ । आयातमा प्रतिस्थापन गर्न सक्ने बस्तुहको पहिचान गरेर त्यस बमोजिम कार्य गर्नु अहिलेको आवश्यकता छ ।’
त्यस्तै, कोभिडको समयपछि रसिया युक्रेनको द्वन्द्वले विश्व अर्थतन्त्रमा ठुलो चाप पारेको बताउँदै गभर्नर अधिकारीले पछिल्लो समय निमार्ण क्षेत्रमा देखिएको मन्दीले प्रत्यक्ष रुपमा ठुला उद्योगहरु, सिमेन्ट, स्टीलजस्ता उद्योगहरुमा प्रत्यक्ष रुपमा असर परेको बताएका छन् ।
गभर्नर अधिकारीले पछिल्लो समय आर्थिक सिथिलताले बजारमा नैराश्यता ल्याएको बताएका छन् । सात महिनाको स्थितीमा ७.८८ प्रतिशत मुल्य वृद्धिको सामना गरिरहेको भन्दै २०३९ साल देखि वैदेशिक व्यापार घाटा रहेको तथा उक्त घाटाले आयात र निर्यातमा संकुचन आएको गभर्नर अधिकारीले टिप्पणी गरेका छन् ।
त्यस्तै, गभर्नर अधिकारीले आन्तरिक उत्पादन दिगो बनाउन कृषि क्षेत्रलाई प्राथामिकता दिई कृषि उत्पादन बढाउनु पर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्