×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांशमा राष्ट्र बैंकको कैँची, नेशनल माइक्रोफाइनान्सको लाभांश आधाले घट्यो, सेयरधनीको हातमा कति पर्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लाभांशमा राष्ट्र बैंकको कैँची, नेशनल माइक्रोफाइनान्सको लाभांश आधाले घट्यो, सेयरधनीको हातमा कति पर्छ ?

Artha Sarokar

१३ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लाभांशमा नेपाल राष्ट्र बैंकले कैँची चलाएपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश आधाले घटेको छ । राष्ट्र बैंकले लाभांश संशोधन गर्न निर्देशन दिएसँगै लघुवित्तले घोषणा गरेको लाभांश आधाले घटाएको हो ।

यसअघि नेशनल माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३४.४५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । तर, लाभांश संशोधन गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि लघुवित्तको लाभांश घटेको हो ।

लघुवित्तका अनुसार राष्ट्र बैंकको निर्देशनपछि संस्थाले वितरण गर्ने भनिएको ३४.४५ प्रतिशत लाभांश १५ प्रतिशतमा कायम भएको छ । उक्त लाभांश लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीमाझ वितरण गरिने संस्थाले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी