काठमाडौं । काठमाडौंमा यहि चैत १० गतेदेखि नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयोजनमा चैत्र १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल फाईभ पि अर्थात प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ, प्रोसेसिङ सम्बन्धि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको हो ।
तीन दिनसम्म चल्ने प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस र फयुचरेक्सद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ्मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ्स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेयर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ ।
प्रर्दशनी सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर विश्भरका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई नेपाली माझ परिचित गराउन सफल हुने अपेक्षा गरिएको आयोजकको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्