काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको लागि ‘भिसा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड’ संञ्चालनमा ल्याएको छ । इ–कमर्सप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै बैंकले ‘भिसा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड’को शुरुआत गरेको हो ।
बैंकले सुरु गरेको क्रेडिट कार्डको भुक्तानीमा अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सम्ममा निःशुल्क अनलाइन पेमेन्ट को सुविधा, कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न सकिने, १० प्रतिशत वा शत प्रतिशत भुक्तानीको व्यवस्था, अधिकतम ४५ दिन सम्म सर्भिस चार्ज फ्रि क्रेडिक परिरियड उपभोग गर्न सकिनेलगायतका विशेषता रहेको बैंकले जनाएको छ ।
क्रेडिट कार्डको प्रयोगमार्फत कस्ता सुविधा लिन सकिन्छ ?
एनआईसी एशिया बैंकको क्रेडिट कार्ड मार्फत जुनसुकै स्टोरबाट पनि सामान खरिद गर्न सकिनेछ । यसरी सामान खरिद गर्दा भुक्तानी गरेको रकम ग्राहकले १८ महिनासम्मको मासिक किस्तामा रुपान्तरण समेत गर्न सक्नेछन् ।
बैंकका अनुसार क्रेडिट कार्डको प्रयोगमार्फत ग्राहकहरुले विद्युतीय सामान, घरायसी सामान, फर्निचरसँगै सुन तथा बहुमूल्य गहना खरिद गर्न सकिने बैंकले जनाएको छ । ग्राहकले क्रेडिट कार्डबाट भुक्तानी गरेपछि प्राप्त हुने एकल पर्ची र भ्याट बिलको अधारमा सुविधा लिन सकिने बैंकको भनाई छ । बिल र स्लिपमा ग्राहकको नाम स्पष्ट रुपमा उल्लेख गरिएको हुनुपर्ने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतामाझ सेवा प्रवाह गर्न सफल भएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्