काठमाडौ । १२ करोड ठगी गर्ने तीन जना सहकारीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर तुलसी वहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड विराटनगर–२ ले बचतकर्ताको १२ करोड नौ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सहकारीकी उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका –६ की अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका १४ की सविना न्यौपाने र क्षेत्रीय प्रवन्धक विराटनगर–२ का मन्दिप खवास रहेका छन् ।
यही फागुन १ गते संस्था बन्द गरी फरार रहेको भनी उजुरीका आधारमा निजहरुलाई पक्राउ गरिएको हो । सहकारीमा १२१ जना बचतकर्ताहरु रहेका छन।
सहकारी झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन बटा सेवा केन्द्रमा गरी २१ हजार ७१३ सदस्य रहेका छन् सहकारीले सबै सेवा केन्द्रमा गरी करीव रु एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने अनुमान प्रहरीको रहेको छ । सहकारीको मुख्य कार्यालय विराटनगर रहेको छ । संस्थाका अध्यक्ष केदारनाथ शर्मा सहित पाँच जना फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्