×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपालमा ‘ब्याण्ड’ भयो पाठाओको विज्ञापन, बहुविवाहलाई प्रोत्साहन गरेको आरोप !

काठमाडौँ । पठाओ फुड एपको विज्ञापन नेपालमा ‘ब्याण्ड’ भएको छ । बहुविवाहलाई प्रोत्साहन गरेको भन्दै पठाओ फुड एपको विज्ञापन ब्याण्ड गरिएको हो । विज्ञापन बोर्डले तत्काल सो विज्ञापनको प्रशारण रोकी तीन दिनभित्र बोर्डमा उपस्थित हुन निर्देशनसमेत दिएको छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण घिमिरेले बिज्ञापन प्रशारणमा रोक लगाइएको पुष्टी गरेका छन् । ‘पठाओ फुड एपको विज्ञापन तत्काल रोक्न र तीन दिन भित्र प्रसारण अनुमति पत्र सहित विज्ञापन बोर्डमा उपस्थित हुन निर्देशन दिईएको छ ।’ अध्यक्ष घिमिरेले भने, ‘चौतर्फी चासो र चिन्ता व्यक्त भएपछि हामीले सो निर्देशन दिएका हौँ ।’

यस विषयमा बोर्डमा फोनमार्फत मौखिक उजुरी पनि परेको थियो । उजुरी गर्ने व्यक्ति विज्ञापन एजेन्सीकै भएकाले र सामाजिक संजालमा यस विषयमा विषय उठानसमेत भएकाले बोर्ड एक्सनमा उत्रिएको हो ।

विज्ञापनमा के छ ?

हाल ब्याण्ड भएको सो विज्ञापनमा विवाह मण्डपमा विवाह चलिरहेका बेला दुलाहाकि प्रेमिका आएर आफुले उनको माया बुझ्न नसकेको भन्दै माफी माग्छिन् । उनले माफी माग्दै गर्दा मण्डपमा रहेकी दुलहीले ती प्रेमिकाले ढिलै भए पनि आफ्नो प्रेमीको माया बुझेको भन्दै दुवैलाई विवाह गर्न, र दुवै मिलेर बस्ने कुरा बुताउँछिन् । त्यतिकैमा दुलाहाका हुन लागेका ससुराले ‘हाम्रा ज्वाइसाप कस्तो भाग्यमानी, एकैपटकमा डबल फाइदा’ भन्छन् । त्यसपछि ती हुन लागेका ससुराले अर्को रातो सारी पनि ल्याउन लगाउँछन् । त्यसपछि एकै मण्डपमा एक दुलाहा र दुई दुलही देखिन्छन् । त्यसपछि ‘रियल लाइफमा यस्तो हुन्छ त ?’ भन्दै पठाओ फुडको विज्ञापन गरिन्छ ।

यहि विषयलाई लिएर सामाजिक संजालमा चर्चा उठेपछि बिज्ञापन बोर्डले एक्सन लिएको हो । बोर्डले सो विज्ञापन कहींकतै प्रशारण नगर्न भनेको छ । यद्यपी यो समाचार तयार गर्दासम्म युट्युबबाट भने सो विज्ञापन हटेको छैन ।

भिडियोमा मनाङ चामलको विज्ञापनबाट निकै चर्चा कमाएका भुवन तिवारीले अभिनय गरेका छन् । नेपालको प्रचलित कानुनले एकभन्दा बढी विवाह गर्न बर्जित गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: