Skip to content
LAXMI SUNRISE BANK

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै

अर्थ सरोकार

काठमाडौं । सानिामा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरेका दुवै कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको फागुन १२ गते सम्पन्न वार्षिक साधारणसधाले पारित गरिसकेको छ भने फागुन १८ गते बीमा प्राधिकरणले पनि मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

योसँगै कम्पनी रजिष्ट्रारको कार्यालयबाटसमेत एकीकृत कारोबारको स्वीकृति पाएसँगै चैत ९ गते (बिहीबार)देखि दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

१ः१ स्वाप रेसियोमा मर्ज भएका दुवै कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौँको नयाँ बानेश्वर (हालको रिलायन्स लाइफको केन्द्रीय कार्यालय रहेको स्थान)मा रहने गरि एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK