×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइएमएफको सहयोगपछि श्रीलंकामा डलर संकट तत्कालका लागि समाधान, तर, ‘अरवौंको चिनियाँ ऋण अझै पासो…’

काठमाडौं । चिनियाँ ऋणका कारण तनावग्रस्त बनेको श्रीलंकामा डलर संकट धेरै हदसम्म समाधान भएको छ । केही महिना अघि मात्रै विदेशी मुद्राको सञ्चिती करिब शून्यमा झरेको श्रीलंकाले हाल डलर संकटको धेरै हदसम्म अन्त्य भएको श्रीलंकन संचारमाध्यमहरुले जनाएका छन् ।

विदेशी मुद्राको सञ्चितीमा अस्वभाविक गिरावट आउँदा केही समय अघि श्रीलंकालाई औषधी र इन्धनलगायतका जरुरी सामान आयात धौ-धौ परेको थियो । तर, हाल भने डलर संकटको अन्त्य भएको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्‍दनलाल विरासिंघेले बताएका छन् ।

गभर्नर विरासिंघेका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले दुई अर्ब ९० करोड डलरको स्वीकृति गर्ने भएसँगै श्रीलंकमा तत्कालका लागि डलर संकटको अन्त्य भएको हो । श्रीलंकासँग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी सञ्चिति हुने बताउँदै उनले आइएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउने बताएका छन् ।

सन् २०२२ अप्रिल १२ मा सञ्चितिको अभाव र समस्याग्रस्त अर्थतन्त्रको कारण श्रीलंकाले ५० अर्बभन्दा बढी वैदेशिक ऋण तिर्न नसक्ने घोषणा गरेको थियो । श्रीलंकाको लागि ठूलो ऋण लगानी गरेको चीनका कारण बर्बादीको बाटोमा लागेको श्रीलंकाको ऋण पुनर्संरचना गर्न अन्तराष्ट्रिय निकायहरुले चौतर्फी दबाब दिएसँगै चीन केहि समयका लागि यसका लागि तयार भएको र त्यसपछि आइएमएफले पनि ऋण प्रदान गर्ने सहमति जनाएकाले सहज भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी यहि प्रकरणमा चिनियाँ ऋण कुन हदसम्म अभिशाप बन्नेरहेछ भन्नेसमेत यथार्थ थाहा पाएको स्वयम् श्रीलंकन संचारमाध्यमहरुले जनाएका छन् । अझ केहि संचारमाध्यमहरुले त पुन: चीनले सोहि ऋणको बहानामा श्रीलंकालाई पेल्ने र यसकारण भविष्यमा पनि समस्या आउन सक्ने उल्लेख गरेका छन् ।

श्रीलंकालाई टाँट पल्टिनबाट जोगाउन श्रीलंकाको ऋणपत्र खरिद गरेका अन्तर्राष्ट्रिय लगानी कम्पनीहरू पनि कर्जा पुनर्संरचनाका लागि सहमत भएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: