×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थामा पनि तालाबन्दी !

SAGARMATHA CEMENTS

काठमाडौं । सुनसरीमा नेकपा (बहुमत)का कार्यकर्ताले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरेका छन् । बिहीबार लघुवित्तको इटहरीस्थित कार्यालयमा पार्टीका कार्यकर्ताले ताला लगाएका हुन् । कार्यालयमा ताला लगाउँदै उनीहरुले ताला लगाउनुको कारणसहितको ब्यानरसमेत टाँसेका थिए ।

लगातार देशभर विभिन्न लघुवित्त वित्तीय संस्थाका कार्यालयहरुमा तालाबन्दी हुन थालेपछि लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार बसन्त लम्सालले यस्तो हुनु निकै दुखद भएको बताएका छन् । चौतर्फी रुपमा लघुवित्तमाथि आक्रमण भईरहँदा राज्यले देखाएको निरिहताले आफूहरुलाई राज्यविहिनताको महशुस भएको लम्सालको भनाई छ । प्रचलित कानुनविपरित लघुवित्त वित्तीय संस्था तथा ति संस्थामा कार्यरत कर्मचारीहरुमाथि आक्रमण हुनु राज्यको लाचारीको पराकाष्टा भएको उनको दाबी रहेको छ ।

यसै पनि पछिल्लो केही समय यता देशभर लघुवित्तविरुद्धको आन्दोलन भुसको आगोजसरी फैलिरहेको छ । सुरुवाती चरणमा मनिराम ज्ञवाली नेतृत्वमा संघर्ष समितिका नाममा लघुवित्तविरुद्धको आन्दोलन चर्किएको थियो भने अहिले व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्तका ऋणीहरु संस्थाविरुद्धको आन्दोलनमा सक्रिय भएका छन् । यसैबीच कार्यालयमा तालाबन्दी र कर्मचारीमाथि दुव्र्यवहार गर्ने क्रम बढेसँगै लघुवित्त कर्मीहरु कसरी काम सञ्चालन गर्ने भन्ने विषयमा अन्यौलमा छन् ।

अझै त्यसमाथि गृहमन्त्रालयको सर्कुलरका बाबजुत सम्बन्धित जिल्लाको सुरक्षा संयन्त्रले लघुवित्तहरुलाई सुरक्षा दिन नसक्दा स्थिति थप त्राहिमाम बनेको छ ।

सुनसरीमा मात्र होइन नेकपा बहुमतका कार्यकर्ताले अन्य थुप्रै स्थानका लघुवित्तहरुमा पनि तालाबन्दी गरेका छन् । पार्टीका कार्यकर्ताले काभ्रेमा सामुदायिक लघुवित्त, दोलखामा एनआइसी एशिया लघुवित्त, सिन्धुपाल्चोकमा राष्ट्र उत्थान लघुवित्त, सिराहामा ग्लोबल आईएमई लघुवित्तसहित लुम्बिनीमा विभिन्न ६ लघुवित्तमा तालाबन्दी गरेका छन् । यो क्रम निरन्तर जारी रहने र देशभरका लघुवित्तमा तालाबन्दी गर्ने अभियानमा आफूहरु रहेको पार्टीका कार्यकर्ताको दाबी छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal